काठमाडौं महानगरको कार्यपालिका बैठक सोमबार बस्ने

जेष्ठ १६, २०८२

कान्तिपुर संवाददाता

Executive meeting of Kathmandu metropolis will be held on Monday

काठमाडौँ — काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक सोमबार बस्ने भएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले कार्यपालिकाको बैठक जेठ १९ मा बस्ने तयारी गरिरहेको बताएका छन् ।

उनले भने, ‘बैडकमा हामी सबैले अर्को वर्षका लागि योजना र बजेटमाथि नि छलफल गर्छौं ।’ 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार कार्यपालिकाको बैठक महिनाको एक पटक बस्ने व्यवस्था गरेको छ । बैठक डाक्ने र समापन गर्ने अधिकार नगर प्रमुखमा रहने हुँदा महानगरको बैठक छ महिनादेखि कार्यपालिकाको बैठक बस्न सकेको छैन ।

बैठक आह्वान गर्न महानगरका कार्यपालिका सदस्यहरूले जेठ १२ मा प्रमुख बालेन्द्र शाहलाई पत्र बुझाएका थिए । सदस्यहरूले बैठक राख्न अनुरोध गरे प्रमुखले समय र स्थान तोकेर कार्यपालिका बोलाउने व्यवस्था ऐनमा छ ।

यसैगरी महानगरले बजेट र नीति निर्माणका लागि सुझावसमेत संकलन गर्न आह्वानसमेत गरेको छ । 

कान्तिपुर

Link copied successfully