काठमाडौँ — काठमाडौं महानगरपालिका प्रवक्ता नवीन मानन्धरलाई महानगर प्रमुख बालेन्द्र शाहले स्पष्टीकरण सोधेका छन् । तर उक्त स्पष्टीकरण पत्र भने महानगर प्रवक्ता मानन्धर नबुझेको बताएका छन् ।
‘मैले पत्र मैले बुझेको छैन,’ उनले भने, ‘मलाई मेयर सापलाई एक टेलिभिजनबाट बोलेको कुरा व्यक्तिगत रूपमा प्रहार भएको र यसमा मैले माफी माग्नु पर्ने भनिएको छ ।’
यसैगरी पत्रमा फौजदारी मुद्दासम्म लाग्ने कुरा व्यहोरा उल्लेख भएकाले आफूले कानुनी सल्लाह लिइरहेको समेत उनले जानकारी दिए ।
‘मुलुकी फौजदारी संहिता, २०७४ बमोजिम फौजदारी मुद्दा लाग्छ भनिएको छ,’ उनले भने, ‘कानुनी सल्लाह लिएर उत्तर दिनुपर्छ ।’ गत चैत २३ गते एक टेलिभिजनमा दिएको अन्तर्वार्ताका आधारमा मेयरले स्पष्टीकरण सोधेको हुन सक्ने उनको भनाइ छ ।
मेयर शाहको सचिवालयले जेठ ८ गते महानगर प्रवक्ता मानन्धरलाई सात दिने स्पष्टीकरण सोधेको हो ।
