स्तन तथा पाठेघर क्यान्सर रोगको निःशुल्क स्क्रिनिङ

जेष्ठ १०, २०८२

कान्तिपुर संवाददाता

Free breast and cervical cancer screening

काठमाडौँ — भक्तपुर क्यान्सर अस्पतालले पूर्वका विभिन्न जिल्लामा क्यान्सर रोगको निःशुल्क स्क्रिनिङ थालेको छ । पूर्वको इलाम, पाँचथर, संखुवासभा र धनकुटा पुगेर महिलाका स्तन तथा पाठेघरको क्यान्सरको स्क्रिनिङ गरिएको भक्तपुर क्यान्सर अस्पतालका निर्देशक उज्ज्वल चालिसेले बताए ।

उनका अनुसार इलाममा स्क्रिनिङ गरिएका चार सयमध्ये दुई सय जनाको भक्तपुर अस्पतालमा ल्याएर नमुना परीक्षण गरिने छ ।

बिहीबार इलामबाट सुरु क्यान्सर रोगको स्क्रिनिङ जेठ १३ गते धनकुटाको पाख्रीबास पुगेर सकिने छ । स्क्रिनिङ क्रममा समस्या देखिएकाहरुलाई फलोअपमा राख्ने गरिएको अस्पतालका निर्देशक चालिसेले बताए । 

उक्त अस्पतालले गत चैतमा सुदूरपश्चिम प्रदेश र वैशाखमा सिन्धुलीमा क्यान्सर रोगको स्क्रिनिङ गरेको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully