सतुंगलस्थित आरआर कम्प्लेक्समा रहेको कपडा गोदाममा आगलागी

जेष्ठ १, २०८२

कान्तिपुर संवाददाता

A fire broke out in a cloth godown at RR complex in Satungal

काठमाडौँ — काठमाडौँको चन्द्रागिरि नगरपालिका-११ सतुंगलस्थित कपडा गोदाममा बिहीबार बिहान आगलागी भएको छ। अहिले आगो नियन्त्रणमा लिइएको छ । तर आगलागीबाट के कति क्षति भएको भन्ने यकिन भइसकेको छैन।

 प्रहरी प्रभाग बलम्बुका अनुसार आरआर कम्प्लेक्सको भुँइतलामा रहेको कपडा गोदाममा बिहान ५ : २० बजे अचानक आगलागी भएको थियो। 

आगलागी नियन्त्रणका लागि चन्द्रागिरि नगरपालिकाको दमकल, बालाजु औधौगिक क्षेत्रको दमकल, ललितपुरबाट दकमल, नेपाली सेनाको दमकल, काठमाण्डौ महानगर पालिकाको २ वटा दमकल गरी जम्मा ६ वटा दमकल परिचालन गरिएको थियो।

प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासी समेत खटिएर आगो नियन्त्रणमा लिएका हुन्। बिहान करिब साढे ७ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुलेको छैन। 

कान्तिपुर

Link copied successfully