काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

वैशाख ३१, २०८२

कान्तिपुर संवाददाता

Fire at Makhantol in Kathmandu, one person died

काठमाडौँ — काठमाडौं महानगरपालिका-२४, मखनटोलस्थित महादेव चोकमा बुधबार बिहान एउटा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी भएको हो ।

आगलागीमा परी मृत्यु हुने महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घर पनि आगो सल्केको छ । 

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी खटिएको छ । 

कान्तिपुर

Link copied successfully