रोमानिया पठाइदिन्छु भन्दै ६ जनालाई ठगी गर्ने पक्राउ

वैशाख २४, २०८२

कान्तिपुर संवाददाता

Arrested for defrauding 6 people saying they will send them to Romania

काठमाडौँ — प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१५ बस्ने गुल्मी धुर्कोट गाउँपालिका–३ घर भएका दिपेन्द्र महतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार महतले ६ जना पीडितबाट ९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन बनेका थिए । 

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई काठमाडौं–१५ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully