काठमाडौँ — प्रहरीले जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएर फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका–५ सुरी डाँडाका रबिन तामाङ रहेका छन् । उनलाई साउदी अरबबाट नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको हो ।
जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय दोलखाबाट अनुरोध भएपश्चात इन्टरपोल महासचिवालयबाट सन् २०२३ अगस्ट २१ मा उनीविरूद्ध रेड नोटिस जारी भएको थियो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि प्रहरी वृत गौशालामा पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
