रसिया पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

वैशाख ९, २०८२

कान्तिपुर संवाददाता

Arrested fraudster who claimed to be sent to Russia

काठमाडौँ — वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जीतपुरसिमरा उपमहानगरपालिका–१६ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने २७ वर्षीय उमेश ब्लोन रहेका छन् ।

प्रहरीका अनुसार उमेशले रसिया पठाइदिन्छु भन्दै ४ जना पीडितबाट ३ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन बनेका थिए । पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–१२ टेकुबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको प्रहरीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully