काठमाडौँ — काठमाडौं महानगरपालिकाले वडाभित्र दर्ता गरी माइक्रोचिप लगाएर मात्र कुकुर र बिरालो पाल्न सूचना जारी गरेको छ ।
महानगर क्षेत्रभित्र कुकुर र बिरालो चोरी भएको, हराएको र छाडा छोडिएको जनगुनासो आएपछि महानगरले माइक्रोचिप लगाई वडा कार्यालयमा दर्ता गराई पाल्न सूचना जारी गरेको हो ।
‘महानगर क्षेत्रबाट वा क्षेत्रभित्र कुकुर/बिरालो बिक्री वितरण गर्ने व्यक्ति/संस्थाले अनिवार्य रूपमा माइक्रोचिपिङ गरेर मात्र बिक्री वितरण गर्न सबैमा जानकारी गराइएको छ,’ महानगरद्वारा जारी सूचनामा भनिएको छ । 
कुकुर/बिरालो बन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेख कार्यविधि, २०८० को अनुसूची ३ अनुसार कुकुर र बिरालो दर्ता गराउन महानगरले अनुरोध गरेको छ ।
