राप्रपाको सभाले उपत्यकाको सवारी आवागमन प्रभावित हुन सक्ने

प्रहरीले सार्वजनिक गर्‍यो डाइभर्सन स्थानहरु

चैत्र २६, २०८१

कान्तिपुर संवाददाता

The assembly of RPP may affect the traffic in the valley

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौंको बल्खुमा सभा गर्दै छ । सभालाई शान्तिपूर्ण र मर्यादित बनाउन राप्रपाले स्वयंसेवक परिचालनमा विशेष ध्यान दिएको राप्रपाले बताएको छ भने उक्त कार्यक्रममा कारण काठमाडौंमा सवारी आवागमन प्रभावित हुन सक्ने प्रहरीको आकलन छ ।

त्यस कारण प्रहरीले सभास्थल आसपास डाइभर्सन गरिने स्थानहरुबारे जानकारी सार्वजनिक गरेको छ । उक्त कार्यक्रमकै कारण सम्भावित सुरक्षा चुनौतीलाई लिएर प्रहरीले काठमाडौंको सुरक्षा व्यवस्थामा पनि उच्च सतर्कता अपनाएको जानकारी दिएको छ । 

राप्रपा महामन्त्री शरदराज पाठकका अनुसार दिउँसो ११ बजेदेखि काठमाडौंका विभिन्न क्षेत्रबाट आएका जुलुस बल्खुमा जम्मा हुने र १२ बजेदेखि सभा सुरु गर्ने तयारी आयोजकको छ । 

कान्तिपुर

Link copied successfully