मातातीर्थको जंगलमा आगलागी

चैत्र १६, २०८१

कान्तिपुर संवाददाता

Matatirtha forest fire

काठमाडौँ — चन्द्रागिरि नगरपालिकामा पर्ने मातातीर्थको जंगलमा शनिबार बिहान आगलागी भएको छ ।

मातातीर्थस्थित प्रहरीका अनुसार बिहान साढे ८ बजेबाट लागेको आगोको कारण खुलेको छैन । प्रहरीले स्थानीयसँग मिलेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जनाएको छ । 

आगो लागेको स्थान मातातीर्थ मन्दिर र कुण्डबाट नजिकै रहेको छ । आगोलागेको स्थल हुँदै विद्युत् प्राधिकरणको प्रसारण लाइन पनि रहेको छ ।

आगलागी करिब एक घन्टापछि १० जना प्रहरी र ३० स्थानीयसहित ४० जना मिलेर नियन्त्रणमा लिएको मातातीर्थ प्रहरी चौकीका प्रमुख रमेश चौंलागाईंले बताए । जंगलमा आगजनी गर्नेको खोजी भइरहेको उनले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully