कांग्रेसका वडाध्यक्षले गरे मेयर शाहसँग कार्यपालिका बैठक माग

चैत्र १०, २०८१

कान्तिपुर संवाददाता

The Congress ward president demanded an executive meeting with Mayor Shah

काठमाडौँ — काठमाडौं महानगरपालिकामा कांग्रेसका वडाध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृतको विषयमा जानकारी गराउन मेयर बालेन्द्र शाहसमक्ष तत्काल कार्यपालिका बैठक राख्न माग गरेका छन् ।

महानगरमा गत पुसदेखि कार्यपालिका बैठक बस्न सकिरहेको छैन । सोही अवस्थामा महानगरका कांग्रेसका कार्यपालिका सदस्यहरूले आइतबार मेयर शाहसमक्ष तत्काल कार्यपालिकाको बैठक बोलाउन माग गरेका हुन् । 

महानगरका प्रवक्ता नविन मानन्धरले प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंमाथि गरिएको कारबाही प्रक्रियाबारे जानकारी लिन कार्यपालिका बैठक माग गरिएको जानकारी दिए । 

‘प्रमुख प्रशासकीय अधिकृतको लागि के पहल गर्ने भयो ? र यसलाई व्यक्ति र स्थानबाट मात्र त्यसलाई ल्याउने होइन कि संस्थागत रूपबाट,’ उनले भने, ‘र महानगरपालिकाको मुख्य कमिटी भनेको कार्यसमिति नै हुन्छ । बोर्ड नै हुन्छ । त्यो बोर्डबाट नै निर्णय गरेर सत्यतथ्य सहितको महानगरपालिकाको कार्यकारिणीविहीन अवस्था नराख्नको लागि हामीले माग गरेका हौं ।’

The Congress ward president demanded an executive meeting with Mayor Shah

यसमा महानगर प्रमुख शाहले २/३ दिनभित्र सबै विषय मिलाएर बैठक डाक्ने प्रतिक्रिया दिएको उनले बताए ।

‘मात्र हामीले कार्यकारिणी माग गरेका छौं । कार्यकारिणी नभएको अवस्थाले गर्दा आर्थिक चलायमान हुन सकिरहेको छैन,’ उनले भने, ‘यसले गर्दा कार्यरत कर्मचारीले तलब पाईरहेको छैन भने विकास निर्माणका कामहरू पनि अगाडी बढाउन सकिरहेको छैन ।’ 

कान्तिपुर

Link copied successfully