नेपाल र भुटानका रोटेरियनहरूको तीनदिने सम्मेलन हुँदै

चैत्र ५, २०८१

कान्तिपुर संवाददाता

of Rotarians from Nepal and Bhutan A three-day conference

काठमाडौँ — विश्वका २३० देशमा सञ्जाल फैलिएको सामाजिक संस्था रोटरीको डिस्ट्रिक ३२९२, नेपाल-भुटानको डिस्ट्रिक कन्फरेन्स चैत ८ देखि ३ दिनसम्म ललितपुरमा हुने भएको छ । 

यो सम्मेलनमा नेपालका १५७ र भुटानका एक गरी १५८ क्लबका १५ सयभन्दा बढी सदस्य सहभागी हुने रोटरीको डिस्ट्रिक ३२९२ का गभर्नर राजेन्द्रमान शेरचनले जानकारी दिए । सम्मेलनमा स्वदेशी एवं विदेशी विज्ञद्वारा विभिन्न सत्र सञ्चालन गरिनेछ । कार्यक्रममा  डिस्ट्रिकको प्रतिवेदन र भावी योजनाबारे छलफल हुनेछ । 

कार्यक्रमले रोटरी वर्ष २०२७/२८ का लागि डिस्ट्रिक गभर्नरको चयन समेत गर्ने कन्फरेन्स चेयर मधुसूदन आचार्यले जानकारी दिए । रोटरी डिस्ट्रिक ३२९२ का पूर्वगभर्नर सन्तोष रिजाल, सन्जय गिरी, गभर्नर नोमिनी विष्णुबहादुर कार्की लगायतले पत्रकार सम्मेलनमा मिडियाकर्मीको जिज्ञासाको जवाफ दिएका थिए ।

रोटरीले पोलियो उन्मूलनलगायत स्वास्थ्यसम्बन्धी परियोजना, स्वच्छ खानेपानी र वातावरण, शिक्षा लगायतका सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ । सन् १९०५ मा अमेरिकाबाट सुरु भएको रोटरी क्लब नेपालमा सन् १९५८ देखि सुरु भएको हो । हाल नेपालमा करिब ६ हजार जना रोटरी क्लबमा आबद्ध छन् ।

कान्तिपुर

Link copied successfully