शैक्षिक सत्र सुरु नभइ विद्यार्थी भर्ना गराए महानगरले कारबाही गर्ने

चैत्र ५, २०८१

कान्तिपुर संवाददाता

Metropolis will take action for enrolling students before the academic session has started

काठमाडौँ — काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र सुरु नभइ विद्यालय भर्ना गराएको पाइएमा कारबाही गर्ने भएको छ ।

महानगरभित्रका केही विद्यालयले शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना गराएको जनगुनासो आएपछि महानगरले शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना नगराउन सूचना जारी गरेको हो । 

‘काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ४८ को (६) मा कसैले पनि शैक्षिक सत्र सुरु नभइ विद्यार्थी भर्ना नगर्न अनुरोध गरिन्छ,’ चैत ४ गते सार्वजनिक गरिएको सूचनामा भनिएको छ, ‘उक्त नियमावली विपरित गरिएको पाइए प्रचलित कानुनबमोजिम कारबाही हुनेछ ।’ 

कान्तिपुर

Link copied successfully