स्यूचाटारमा आगलागी, १५ लाखको क्षति

चैत्र ३, २०८१

कान्तिपुर संवाददाता

Fire in Suchatar, loss of 1.5 million

काठमाडौँ — शनिबार राति काठमाडौंको नागार्जुन नगरपालिका–७, स्युचाटारस्थित हसनटार सिमानानजिक रहेको मानिस सुत्ने टिनको टहरोमा आगलागी भएको छ ।

कृष्णहरि श्रेष्ठको परिवार बस्दै आएको टहरो आगलागीबाट पूर्णरूपमा क्षति भएको छ । यद्यपि मानविय क्षति भने नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपिल बोहराले जानकारी दिए । उनका अनुसार राति ९ बजेर ४० मिनेट जाँदा भएको आगलागीबाट एक घण्टापछि नियन्त्रणमा आएको थियो ।  

प्रहरीका अनुसार आगलागीबाट काठका फर्निचर, दराज, सोफा, पलङ, कपडा, सिरक, डस्ना, गलैंचा तथा भाडाकुँडासहित घरायसी सामानमा क्षति पुगेको छ । टहरोको जस्ता र फलामसमेत आगोले नष्ट भएको छ । प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

आगो नेपाल प्रहरी र सास्थानियसहितको सक्रियतामा दमकल तथ ट्यांकरको प्रयोग गरिएको थियो ।

अहिलेसम्म आगलागीको कारण खुलेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कान्तिपुर

Link copied successfully