काठमाडौंको टोखामा दुई मोटरसाइकल ठोक्किँदा १ को मृत्यु, १ जना घाइते

चैत्र २, २०८१

कान्तिपुर संवाददाता

1 killed, 1 injured when two motorcycles collided at Tokha in Kathmandu

काठमाडौँ — काठमाडौंको टोखा नगरपालिका १ मा दुई मोटरसाइकल आपसमा ठोक्किँदा १ को मृत्यु, १ जना घाइते भएका छन् । मृत्यु हुनेमा नुवाकोट शिवपुरी-५ महाकालीका रिवाज आचार्य छन् । 

प्रहरी वृत्त महाराजगन्जका अनुसार शनिबार दिउँसो १४:२५ बजे टोखा-१ फूलबारी गेटस्थित सडक खण्डमा बा.प्र.०२.०३९ प.९८२८ र  बा. प्र. ०२-०५३ प ६३७८ नं को मोटरसाइकल ठोक्किएको हो ।  ६३७८ नं को मोटरसाइकल चालक आचार्यको उपचारका क्रममा धापासीस्थित ग्रान्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

अर्को मोटरसाइकल चालक भोजपुर पवादुम्न गाउँपालिका-२ घर भई हाल भक्तपुर डेरा गरी बस्ने २८ वर्षीय प्रदीप तिवारीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

उक्त घटनापछि स्थानीयले सडकमा प्रदर्शन गरेका छन् । दुवै सवारी साधन प्रहरी प्रभाग टोखाले नियन्त्रणमा लिएको जनाइएको छ ।

कान्तिपुर

Link copied successfully