काठमाडौँ — इनारमा खसेका पुरुषको प्रहरीले उद्धार गरेको छ। कैलाली धनगढी उपमहानगरपालिका-८, क्याम्पस रोड निवासी ४३ वर्षीय सतीश शाह शुक्रबार बिहान इनारमा खसेका थिए ।
काठमाडौं महानगरपालिका १०, शंखमूलस्थित विद्यापति मार्गमा रहेको उत्तम अर्यालको घरको भाडामा बस्ने उनी कपडा सुकाउने डोरी मिलाउने क्रममा सिमेन्टको ढक्कन फुट्दा उनी इनारमा खसेका थिए ।
स्थानीय चेतन कँडेलका अनुसार करिब ३० फिट गहिरो इनारबाट निकालेर शाहलाई उपचारका लागि मीनभवनस्थित सिभिल अस्पताल पुर्याएको थियो । अहिले उनको अवस्था सामान्य छ ।
