पशुपति गौशाला धर्मशाला सञ्चालनमा कोष-महानगरबीचको सम्झौता बदर

मारबाडी सेवा समितिले नै धर्मशाला सञ्चालन गर्न पाउने बाटो खुल्यो

फाल्गुन २२, २०८१

कान्तिपुर संवाददाता

Cancellation of the agreement between the fund and the city on the operation of Pashupati Gaushala Dharamshala

काठमाडौँ — उच्च अदालत पाटनले पशुपति गौशाला धर्मशाला सञ्चालन गर्न पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाबीच भएको सम्झौता बदर गरेको छ ।

महानगरपालिकाले गौशाला धर्मशाला सञ्चालन गर्न भएको सम्झौताविरुद्ध मारवाडी सेवा समिति नेपालले गत कात्तिक  १  मा उच्च अदालत पाटनमा रिट दर्ता गरेको थियो । समितिको माग दाबीअनुसार अदालतले बिहीबार आदेश दिएको हो । यो आदेशसँगै अब गौशाला मारवाडी सेवा समितिले नै सञ्चालन गर्न बाटो खुलेको छ ।

समिति र कोषबीच १२ जेठ २०६० मा सम्झौता भएको थियो । तर कोषले सम्झौता भंग भएको जनाउँदै २०८० साउन १७ मा समितिलाई पत्र पठाएको थियो । त्यसविरुद्ध समितिले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतले १६ असोज २०८१ मा समितिको मागदाबी नुपग्ने फैसला गरेको थियो ।

सोही फैसलाबमोजिम २२ असोज २०८१ मा महानगर र कोषबीच पशुपति गौशाला सञ्चालन गर्न सम्झौता भएको थियो । त्यसविरुद्ध समितिले गत कात्तिक १ मा उक्त सम्झौता रद्दको मागसहित उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । सो रिटमा बिहीबार अदालतको आदेश आएको हो ।

कान्तिपुर

Link copied successfully