चेकपोस्टबाट लागूऔषधसहित पक्राउ

फाल्गुन २०, २०८१

कान्तिपुर संवाददाता

Arrested with drugs from the check post

काठमाडौँ — प्रतिबन्धित लागूऔषधसहित फर्पिङ चेकपोस्टबाट युवक पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका-५ फर्पिङ चेकपोस्टमा बाराको कलैया उपमहानगरपालिका-११, घोघलडिया निवासी २६ वर्षीय सम्साद आलमले बोकेको झोलाबाट ४५० एम्पुल लागू औषध फेला पारेको थियो । आलम बाराको कलैयाबाट टाटा सुमो जिपमा काठमाडौं आउँदै थिए । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षक अपीलराज बोहराका अनुसार इलाका प्रहरी कार्यालय फर्पिङले आलमको झोलामा डाइजेपाम, नूफिन र फेनरगन १५०/ १५० एम्पुल भेटेको थियो । आलमलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिई थप अनुसन्धान समेत सुरु भएको बोहराले जानकारी दिए । 

कान्तिपुर संवाददाता

Link copied successfully