ट्राफिक व्यवस्थापन गर्न महानगरद्वारा १८० नगर प्रहरीलाई तालिम

फाल्गुन १९, २०८१

कान्तिपुर संवाददाता

Training of 180 city policemen by the metropolis to manage traffic

काठमाडौँ — काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न १८० जना नगर प्रहरीलाई तालिम दिन सुरु गरेको छ । महानगरको नगर प्रहरी बलले नगर प्रहरी हवल्दार र नगर प्रहरी जवानलाई आइतबारदेखि ट्राफिक व्यवस्थापनको तालिम दिन सुरु गरेको हो ।

राष्ट्रिय सभा गृहमा सुरु भएको उक्त तालिमलाई तीन समूहमा विभाजन गरिएको र हरेक समूहमा ६० जना नगर प्रहरी हुने महानगरले जनाएको छ । तालिमका आन्तरिक कक्षा सैद्धान्तिक र बाह्य कक्षा प्रयोगात्मक हुनेछ ।

महानगरको अनुसार सैद्धान्तिक कक्षामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली २०५४ का व्यवस्थासँगै ट्राफिक शब्दावली, संकेत तथा चिह्न र रोड फर्निचर, सडक सुरक्षा र सुरक्षित यात्राका विषयमा ज्ञान प्रदान गरिनेछ ।

कान्तिपुर

Link copied successfully