सालकको ७७० ग्राम खपटासहित २ जना पक्राउ

फाल्गुन १९, २०८१

कान्तिपुर संवाददाता

2 people arrested with 770 grams of salak khapta

काठमाडौँ — प्रहरीले सालकको खपटासहित २ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुको टोलीले काठमाडौं महानगरपालिका-१६, माछापोखरीबाट २ जनालाई सालकको ७७० ग्राम खपटासहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खोटाङ दिप्रुङ चुइचुम्पा-२ का २९ वर्षीय उमेश तामाङ र सिन्धुली, तीनपाटन-६ का ३० वर्षीय मोहन पुलामी मगर छन् । 

जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी एसपी अपिलराज बोहराका अनुसार उनीहरूसँग २ वटा मोबाइलसमेत बरामद गरिएको छ । बरामद सालकको खपटा र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, काठमाडौं पठाइएको एसपी बोहराले जानकारी दिए । 

आईयूसीएनले सालकलाई निकट भविष्यमै लोप हुनेसक्ने भनेर ‘क्रिटिकल्ली इन्डेन्जर्ड’ समूहमा समावेश गरेको छ ।  सालक नेपालको संरक्षित वन्यजन्तु हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०७३ अनुसार सालक मार्ने, खरिद–बिक्री गर्ने वा ओसार–पसार गर्ने व्यक्तिलाई पाँच लाख रुपैयाँदेखि दस लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ ।

कान्तिपुर

Link copied successfully