भूकम्पमा भाग्दा काठमाडौंमा दुई जना घाइते

फाल्गुन १६, २०८१

रासस

Two people injured in Kathmandu while fleeing the earthquake

काठमाडौँ — सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान गएको ६‍‌.१ रिक्टर स्केलको भूकम्पका बेला भाग्दा काठमाडौंमा दुई जना घाइते भएका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले बानेश्वरमा भाग्ने क्रममा दुई जना घाइते भएको जानकारी दिए । घाइते हुनेमा उदयपुरको त्रियुगाका घर भई शान्तिनगर बस्ने प्रशान्त थिलिङ र नवलपरासी मध्यबिन्दु घर भई बानेश्वर बस्ने हरि गैरे रहेका छन् ।

थिलिङ भाग्ने क्रममा सडकपेटीमा लडेर घाइते भएका र गैरे होस्टेलबाट भाग्ने क्रममा घाइते भएको प्रहरीले जानकारी दिएको छ । 

आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको थियो । 

नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले पूर्वी नेपालका केही जिल्लाहरूमा सामान्य घरहरू भत्किएका र केही सामान्य घाइते भएका जानकारी आए पनि ठूलो क्षति नभएको जानकारी दिए ।

रासस

Link copied successfully