महाशिवरात्रीमा पशुपति क्षेत्रबाट मोबाइल चोरी गर्ने दुई जना पक्राउ, १० मोबाइल बरामद

फाल्गुन १६, २०८१

कान्तिपुर संवाददाता

Two arrested for stealing mobile phones from Pashupati area on Mahashivaratri, 10 mobile phones recovered

काठमाडौँ — महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा आएका भक्तजनहरूको मोबाइल चोरी गर्ने दुई जना पक्राउ परेका छन्।

अस्थायी प्रहरी विट, गुम्बा बालाजु प्रहरीले १० थान मोबाइलसहित गोरखाका ३१ वर्षीय बिजय मगर र ३४ वर्षीय अभिषेक गुरुङलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसरका सूचना अधिकारी प्रहरी उपरिक्षक अपील राज बोहराका अनुसार उनीहरुलाई काठमाडौं १६ बालाजु बसन्तनगर गुम्बा नजिकबाट महाशिवरात्रीकै दिन राति नियन्त्रणमा लिएको थियो । प्रहरीले १० वटा विभिन्न कम्पनीको मोवाइलसहित नगद चार हजार रुपैयाँ र पछाडि भिर्ने कालो रंगको झोला समेत उनीहरुबाट बरामद गरेको छ।

उनीहरूलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त गौशालाबाट जिल्ला अदालतबाट पाँच दिनको अनुमति लिगेर अनुसन्धान जारी रहेको बोहराले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully