माछापोखरीमा लागूऔषध कारोबार गर्ने दुई जना पक्राउ

फाल्गुन ९, २०८१

कान्तिपुर संवाददाता

Two arrested for drug dealing in Machhapokhari

काठमाडौँ — खैरो हेरोइन खरिद बिक्री गर्ने दुईजना पक्राउ परेका छन् । काठमाडौं–१६, माछापोखरीस्थित एक होटलमा लागूऔषध कारोबार गरिरहेको अवस्थामा २८.५७ ग्राम खैरो हिरोइनसहित सुनसरीका दिपक राय र नुवाकोटका सुरेन्द्र गुवाजुलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

दुवै जनालाई लागूऔषध सम्बन्धी कसूरमा ११ गते सम्मका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सुचना अधिकारी प्रहरी उपरिक्षक अपिल राज बोहराका अनुसार होटलको ४०१ कोठामा खानतलासी गरी दुई जनासहित लागूऔषधखैरो हिरोइनसहित २० हजार नगद, डिजिटल तराजु, मोबाइल समेत बरामद गरिएको छ। 

कान्तिपुर

Link copied successfully