केआईआईटीमा मृत भेटिएकी प्रकृतिको न्यायका लागि काठमाडौंमा प्रदर्शन 

फाल्गुन ६, २०८१

कान्तिपुर संवाददाता

Demonstration in Kathmandu for justice for nature found dead in KIIT

काठमाडौँ — भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा मृत भेटिएकी प्रकृति लम्साललाई न्याय दिलाउन माग गर्दै काठमाडौंमा मंगलबार प्रदर्शन गरिएको छ ।  

युवा, विद्यार्थीहरुले काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले 'नेपाली विद्यार्थीमाथि भएको दमन बन्द गर,' 'महिला हिंसा अन्त्य गर', 'नेपाली विद्यार्थीको सुरक्षाको ग्यारेन्टी गर,' 'प्रकृति लम्साललाई न्याय दे' लगायत नारा लेखेका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

बी–टेक तेस्रो वर्षमा पढ्ने लम्साल आइतबार साँझ होस्टेलमा मृत भेटिएकी थिइन् । नेपाली विद्यार्थीहरूका अनुसार लम्सालमाथि भारतीय विद्यार्थी आद्धिक श्रीवास्तवले बारम्बार दुर्व्यवहार गर्ने गरेका थिए । असह्य भएपछि लम्सालले आत्महत्या गरेको उनीहरूको भनाइ छ । 

यसअघि लम्सालले समेत आफूमाथि दुर्व्यवहार भएको भन्दै श्रीवास्तवविरुद्ध विश्वविद्यालय प्रशासनमा उजुरी दिएकी थिइन् । तर, विश्वविद्यालय प्रशासनले उजुरीको सुनुवाइ नगरेको नेपाली विद्यार्थीको भनाइ छ ।

Demonstration in Kathmandu for justice for nature found dead in KIIT

Demonstration in Kathmandu for justice for nature found dead in KIIT

Demonstration in Kathmandu for justice for nature found dead in KIIT

Demonstration in Kathmandu for justice for nature found dead in KIITतस्बिर : दीपक केसी/कान्तिपुर

कान्तिपुर

Link copied successfully