चन्द्रागिरिको वनमा डढेलो

माघ २१, २०८१

कान्तिपुर संवाददाता

Fire in the forest of Chandragiri

काठमाडौँ — मकवानपुर र काठमाडौंको सिमामा पर्ने चन्द्रागिरि डाँडामा डढेलो फैलिएको छ । मातातीर्थबाट कुलेखानी जाने सडकमार्ग अन्तर्गत देउराली डाँडामा डढेलो लागेको हो ।

त्यो क्षेत्र नजिकै केही होटल छन् । त्यहाँ भन्दा पर चन्द्रागिरि हिल्सले संचालन गरेको रिसोर्ट रहेको छ । आगलागीबारे स्थानीय प्रहरीले भर्खरै जानकारी पाएको जनाएको छ ।

थानकोट प्रहरी वृत्तका प्रमुख डीएसपी सुर्य प्रसाद सुवेदीले चन्द्रागिरि केवलकार चढेर डढेलो लागेको स्थानमा प्रहरी परिचालन गर्न लागेको बताए । 

कान्तिपुर

Link copied successfully