अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

माघ १७, २०८१

कान्तिपुर संवाददाता

Two people were arrested who cheated by saying that they would send them to America and Canada

काठमाडौँ — वैदेशिक रोजगारीमा अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-१ घर भई काठमाडौँ टोखा नगरपालिका-६ बस्ने २५ वर्षीय भुवन कार्की र काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-३ बस्ने ४२ वर्षीय नितेश पोखरेललाई  प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये कार्कीले अमेरिका पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १ करोड रुपैयाँ र पोखरेलले क्यानडा पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १२ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको आरोप छ । पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौँबाट नै पक्राउ गरेको थियो ।

आवश्यक थप अनुसन्धान तथा कारबाहीको लागि कार्कीलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र पोखरेललाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

कान्तिपुर

Link copied successfully