काठमाडौँ — काठमाडौंको असन चोकस्थित ‘होम एप्लायन्सेस’ सामानको गोदाममा बिहीबार दिउँसो साढे ३ बजेतिर लागेको आगो निभाइएको छ ।
असन चोकबाट महाबौद्ध मन्दिर जाने बाटोमा रहेको साढे सात तले घरको भुइमा रहेको इलेक्ट्रोनिक्सको गोदाममा आगो लागेको जिल्ला प्रहरी परिसर काठमाडौंकी प्रवक्ता डीएसपी पूर्णिमाकुमारी चन्दले जानकारी दिइन् । उक्त घर ईश्वर डंगोलको हो ।
घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली आगो नियन्त्रणका लागि खटिएको चन्दले बताइन् । आगलागीबाट भएको क्षति र आगलागीको कारण भने अझै खुल्न सकेको छैन ।
