४ अर्ब बचत रकम फिर्ता गरिदिन माग गर्दै सहकारी बचतकर्ताको महानगरमा निवेदन

माघ ९, २०८१

कान्तिपुर संवाददाता

Petition of cooperative savers to the metropolis demanding the return of 4 billion savings

काठमाडौँ — काठमाडौँ महानगरपालिकामा सहकारीका बचतकर्ताले ४ अर्ब ४९ करोड ४५ लाख रुपैयाँ बराबरको माग दाबी गर्दै निवेदन दिएका छन् । महानगरको सहकारी विभागमा ६ हजार २६६ जना बचतकर्ताले सहकारी संस्थाबाट बचत रकम फिर्ता गराइदिन माग दाबीसहित निवेदन दिएका हुन् । 

महानगरपालिकाले अनुसन्धान र कारबाहीका लागि प्रहरीमा पठाएका ११८ वटा सहकारीका बचतकर्ताले उक्त माग दाबी गरेको जनाइएको छ । 

महानगरपालिका कार्यक्षेत्र भएका १ हजार ९१७ वटा सहकारी संस्था छन् । यीमध्ये सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा १ हजार ७४४ संस्था दर्ता भएका छन् । तर वार्षिक प्रतिवेदन बुझाउनेको संख्या भने ८३८ मात्र भएको महानगरले जानकारी दिएको छ ।

तत्कालीन डिभिजन सहकारी कार्यालय स्थानीय तहमा हस्तान्तरण गर्ने सम्बन्धमा नेपाल सरकारले २०७४ साउन १ गते निर्णय गर्‍यो । त्यसअनुसार २०७५ साउन १ गतेदेखि डिभिजन सहकारीले गर्दै आएका काम महानगरमा हस्तान्तरण भएर आयो । हस्तान्तरण हुनुअघि २०७४ सालमा महानगरले सहकारी ऐन जारी गरिसकेको थियो । 

कान्तिपुर

Link copied successfully