सरकारी जग्गा अतिक्रमण गरी बनाइएका भवनहरूमा चल्यो डोजर

माघ ६, २०८१

कान्तिपुर संवाददाता

The dozer ran on the buildings built by encroachment on government land

काठमाडौँ — काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं महानगरपालिका-७ स्थित धोबिखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएको भवनहरू भत्काउन सुरु गरेको छ ।

आइतबार प्राधिकरणको टोलीले काठमाडौंको चाबहिलस्थित मालपोत कार्यलयनजिक रहेका भवनहरू भत्काउन सुरु गरेको हो ।

भवन बनाउँदा सरकारी जग्गा मिचेर बनाएकाले भवन भत्काउनु परेको प्राधिकरणको भनाइ छ । सो क्रममा स्थानीयहरूले केहीबेर अवरोधसमेत गरेका थिए । मापदण्डविपरीतको संरचना, सार्वजनिक जग्गामा बनेका संरचना हटाउने कार्यअनुसार आजबाट काम थालिएको उपत्यका विकास प्राधिकरणले बताएको छ । धोबीखोला र वाग्मती नदी किनारमा करिब ५ सय रोपनी जग्गा सार्वजनिक जग्गा अतिक्रमण भएको बताइएको छ । 

कान्तिपुर

Link copied successfully