बैंकिङ कसुर मुद्दामा फरार सुधा बस्नेत पक्राउ

माघ १, २०८१

कान्तिपुर संवाददाता

Absconding Sudha Basnet arrested in banking crime case

काठमाडौँ — बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी सुधा बस्नेत पक्राउ परेकी छिन् । काठमाडौं महानगरपालिका-३, महाराजगन्ज निवासी ५७ वर्षीया बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटन, ललितपुरले बस्नेत सहितको बैंकिङ कसुर मुद्दामा कुल ९० लाख ५० हजार रूपैयाँ बिगो फैसला सुनाएको थियो । त्यसपछिको समयदेखि उनी फरार थिइन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई महाराजगन्ज क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ परेपछि उनलाई फैसला कार्यान्वयनका लागि उच्च अदालत पाटन, ललितपुरमा बुझाइएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully