काठमाडौँ — कलंकीमा रहेको एलआरआई स्कुलले शनिबारदेखि सोमबारसम्म आठौं मोडल संयुक्त राष्ट्र (एमयूएन) सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलनमा नेपालबाहिरबाट ४ सयभन्दा बढी प्रतिनिधिहरू भेला हुन लागेको विज्ञप्तिमा जनाइएको छ ।
कार्यक्रममा स्कुल, कलेजका विद्यार्थीहरु तथा कूटनीतिमा दखल राख्ने विज्ञहरुबीच ज्ञान आदानप्रदान हुने स्कुलका सूचना अधिकारी दिपकराज जोशीले जनाए ।
यस वर्षको तीन दिने सम्मेलनमा जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय सुरक्षा, ऐतिहासिक घटनाहरू र मानव अधिकारजस्ता महत्वपूर्ण मुद्दाहरूमा बहस हुने भनिएको छ । एलआरआईका विद्यार्थीहरुले मोडल संयुक्त राष्ट्र (एमयूएन) सम्मेलन सफलतापूर्वक आयोजना गरेकोमा सन् २०२१ मा संयुक्त राष्ट्र शरणार्थी उच्च आयोग (यूएनएचसीआर)का तर्फबाट उत्कृष्ठ एमयूएन पुस्कार पाइसकेको छ ।
गत वर्ष, सम्मेलनमा नेपालका लागि युनेस्कोका प्रतिनिधि माइकल क्रोफ्ट, लगायतका विशिष्ट व्यक्तिहरु सम्मेलनमा पुगेका थिए ।
