लिथुआनिया पठाइदिन्छु भन्दै ११ लाख रुपैयाँ ठग्ने पक्राउ

पुस १९, २०८१

कान्तिपुर संवाददाता

Arrested for swindling 11 lakh rupees by saying that he would send it to Lithuania

काठमाडौँ — वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी लिथुआनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका-८ बस्ने ३६ वर्षीय समय गौतमलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  

गौतमले लिथुआनिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ११ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१५ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

कान्तिपुर

Link copied successfully