पिंगलास्थानस्थित होटलमा युवती मृत फेला, युवक बेपत्ता

पुस १८, २०८१

कान्तिपुर संवाददाता

Young woman found dead in Pingalasthan hotel, young man missing

काठमाडौँ — अंग्रेजी नयाँ वर्षको दिन काठमाडौं महानगरपालिका वडा नम्बरर ९ मा रहेको बागमती होटलमा युवती मृत अवस्थामा फेला परेकी छन् । उनीसँगै आएका युवक भने बेपत्ता छन्।

होटल प्रशासनले अंग्रेजी नयाँ वर्षको दिन (मंसिर १७) दिनको करिब २:१५ बजे ३०८ नम्बरको कोठाको ढोका नखुलेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी अधिकृत र स्थानीय जनप्रतिनिधिको उपस्थितिमा ढोका खोल्दा करिब २१ वर्षीया सुस्मिता खड्का मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा यो घटनालाई हत्या भएको हुन सक्ने सम्भावना औंल्याएको छ। मृतकसागै आएका युवक बेपत्ता भएकाले घटनामा उनको संलग्नताको शंका गरिएको हो ।

घटनास्थलको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली परिचालन गरिएको छ।

मृतकका आफन्तसँग समन्वय गर्दै घटनाको थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । मृतकको शवलाई कानुनी प्रक्रिया पूरा गरी त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा पोस्टमर्टमका लागि पठाइएको छ। 

कान्तिपुर

Link copied successfully