काठमाडौंमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पशु चिकित्सकको सम्मेलन सम्पन्न

पुस १५, २०८१

कान्तिपुर संवाददाता

National and international veterinary conference held in Kathmandu

काठमाडौँ — काठमाडौंमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पशु चिकित्सकहरू सम्मिलित दुईदिने भेटेरिनरी सम्मेलन सम्पन्न भएको छ । पशु धनको सर्वाङ्गिण विकासको माध्यमबाट देशको अर्थतन्त्र सुधार गर्ने उद्देश्यसहित उक्त सम्मेलन आइतबार सकिएको हो । 

सम्मेलनमा पशु चिकित्सकहरूले चार वटा विषयमा प्रस्तुति दिएका थिए । भारतका पशुचिकित्सक डा.पिन्की यादवले कुकुरमा अल्ट्रासाउन्ड गरेर रोग पत्ता लगाउने, भारतकै पशु चिकित्सक डा.सन्दिप यादवले कुकुरमा लाग्ने आँखाको रोगको बारेमा प्रस्तुति दिएका थिए । प्रा.डा.दिनेशकुमार सिंहले गाईभैंसीमा गरिने ‘तरल उपचार’ विधि र डा.सुदीप हुमागाईंले कुखुरामा लाग्ने रोगबारेमा प्रस्तुति दिएका थिए ।

नेपालमा दर्ता भएका २ हजार जना पशु चिकित्सकमध्ये उपचारमा ३ सय ३५ जना संलग्न छन् । भेटेरिनरी प्रिटिसनर्स एसोसिएसन नेपाल (भीपीएएन)ले आयोजना गरेको सम्मेलनले नेपालमा कार्यरत भेटेरिनरी चिकित्सकहरुलाई बदलिँदो विज्ञान र प्रविधियुक्त विधिबाट पशुपन्छीको रोग निदानको सिप विकास गर्नमा मद्दत पुगेको जनाएको छ । भीपीएएनले प्रत्येक वर्ष यस्तो सम्मेलन गर्दै आइरहेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully