एनपीएलमा अभद्र व्यवहार गर्ने दुई युवा पक्राउ

पुस ८, २०८१

कान्तिपुर संवाददाता

Two youths arrested for misbehaving in NPL

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलपछि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार डोटी जिल्लाको आदर्श गाउँपालिका–२ घर भई कीर्तिपुर –८ पांगा बस्ने २१ वर्षीय अशोक साउद र डोटीकै दिपायल सिलगढी १ घर भई कीर्तिपुर-७ भाजङगल बस्ने १९ वर्षीय गणेश साउद पक्राउ परेका हुन् ।

उनीहरूमाथि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सको फाइनल खेल समाप्तिपछि अपमानजनक शब्द प्रयोग गरेर साम्प्रदायिक सद्भाव बिगार्न खोज्ने तथा विभिन्न व्यक्तिहरुलाई अभद्र व्यवहार गरेको आरोप छ ।

विभिन्न निकाय, सञ्चार माध्यममार्फत र पीडितहरूको जाहेरीका आधारमा अनुसन्धान गर्ने क्रममा उनीहरूलाई आइतबार साँझ नियन्त्रणमा लिइएको हो । घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय, काठमाडौंले जनाएको छ।

कान्तिपुर

Link copied successfully