'इजरायल र मलेसिया पठाइदिन्छु' भन्दै ३६ लाख ठग्ने दुई जना पक्राउ

पुस ८, २०८१

कान्तिपुर संवाददाता

Two arrested for defrauding 3.6 million saying 'I will send them to Israel and Malaysia'

काठमाडौँ — 'इजरायल र मलेसिया पठाइदिन्छु' भन्दै ३६ लाख रुपैयाँ ठग्ने दुई जनालाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका–७ च्याङली घर भई टोखा ग्रिनल्याण्ड बस्ने २८ वर्षीय किशान कुमाल र खोटाङ दिप्रङ चुइचुम्मा गाउँपालिका–२ ओख्रे घर भई बसुन्धारा बस्ने ३३ वर्षीय युवक खड्का रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये कुमालले 'इजरायल पठाइदिन्छु' भन्दै ४ जना पीडितबाट ३३ लाख ५० हजार रूपैयाँ र खड्काले 'मलेसिया पठाइदिन्छु' भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन बनेका थिए ।

उनीहरूलाई उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully