चार महिनामा महानगरद्वारा १५९३ सहकारीका गुनासो फर्छ्यौट

पुस ७, २०८१

कान्तिपुर संवाददाता

In four months, 1593 complaints of cooperatives were resolved by the metropolis

काठमाडौँ — काठमाडौं महानगरपालिकाको सहकारी विभागले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा १ हजार ५९३ वटा उजुरी फर्छ्यौट गरेको छ ।

महानगरमा आएका चालु आवको साउन, भदौ, असोज र कात्तिक महिनामा सो संख्यामा उजुरी छिनाफाना गरेको विभाग प्रमुख नमराज ढकालले जानकारी दिए ।

महानगरमा विभागमा आउने सञ्चालक समितिका सदस्य, बचतकर्ता, ऋणी, घरधनी र कर्मचारीसँग आएका गुनासोहरू समाधान गरिएको उनले उनले जानकारी दिए ।

‘फर्छ्यौट गरिएको गुनासोमध्ये ९० प्रतिशत बचतकर्ताले सहकारीबाट बचत फिर्ता भएन भनेर आउने गरेका छन्,’ उनले भने, ‘त्यसपछि सहकारीबाट ऋण लगेर नतिरेको, सबै सञ्चालक सक्रिय नभएको, बचतकर्ताले तनाव दिएकोलगायत गुनासो आउँछन् ।’ आएका गुनासोहरूलाई विभागले सकेसम्म समाधान गर्ने कोसिस गर्ने गरेको उनको भनाइ छ । साथै थप कारबाही र अनुसन्धानका लागि प्रहरीमा उजुरी पठाउने गरिएको उनले बताए । 

महानगरभित्र १ हजार ९३५ वटा सहकारी संस्था छन् । यीमध्ये १ हजार ७४४ वटा सहकारी कोपोमिस (सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली) मा आवद्ध छन् ।

१ हजार ६२४ वटा बचत तथा ऋण सहकारी संस्था छन् । २६४ वटा बहुउद्देश्यीय, ३ वटा श्रमिक, १५ वटा कृषि, १३ वटा उपभोक्ता, सिपमूलक ३ वटा, शिक्षाका २ वटा, साझा, सञ्चार, चिया र पर्यटनका एक/एक वटा र अन्य ५ वटा छन् । २ वटा खारेज भएका छन् । यीमध्ये पनि ७५२ वटाले वार्षिक रिपोर्टिङ गर्ने गरेको महानगरले जानकारी दिएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully