वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

पुस ५, २०८१

कान्तिपुर संवाददाता

Two people were arrested for cheating by saying that they will send them to work abroad

काठमाडौँ — प्रहरीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ परेका २ जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ज्वालाराम मुस्याख्वा र रूपन्देही बुटवल उपमहानगरपालिका–१३ नयाँगाउँ घर भई काठमाडौं टोखा नगरपालिका–६ ग्राण्डी बस्ने बुद्धिबहादुर बस्याल रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये ज्वालारामले अस्ट्रेलिया पठाइदिन्छु भन्दै पीडितबाट २ लाख रूपैयाँ र बुद्धिबहादुरले दुबई पठाइदिन्छु भन्दै पीडितबाट १ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कविहीन बनेका थिए ।

उनीहरुलाई पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully