काठमाडौँ — पूर्वमेयर पीएल सिंहको निधनमा काठमाडौँ महानगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ ।
लामो समय लौहपुरुष गणेशमान सिंहको सहयोगीकोरुपमा रहेर काम गरेका उनी ०४९ सालमा नेपाली कांग्रेसबाट काठमाडौँको मेयर निर्वाचित भएका थिए ।
महानगरपालिकाले सिंहले मेयरकारुपमा महानगरपालिकामा रहँदा र समाज सेवामा सक्रिय हुँदा उपुर्याएको योगदानको उच्च कदर गर्दै सोमबार सार्वजनिक बिदा दिएको हो ।
सोमबार अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक विदा रहने महानगरपालिकाले जनाएको छ ।
८८ वर्षीय सिंहको गएराति चाक्सीबारीमा निधन भएको थियो ।
