काठमाडौँ — काठमाडौं महानगरपालिकाले ‘३०औं महानगर दिवस २०८१’ मनाउने भएको छ । महानगरले सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गरी उक्त दिवस मनाउने जानकारी दिएको हो ।
महानगर दिवसको औपचारिक कार्यक्रम काठमाडौंको सैनिक मञ्चमा र सांस्कृतिक तथा सांगीतिक कार्यक्रम टुँडिखेल मैदानमा हुने महानगरले जनाएको छ ।
१९९६ साल पुस ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास हो । ०५२ साल मंसिर २९ गते काठमाडौं नगरलाई काठमाडौं महानगर घोषणा गरिएको थियो । यसै दिनलाई महानगर दिवसका रूपमा मनाउने गरिएको छ ।
