चितवनको हात्ती महोत्सव बन्द गर्न माग गर्दै प्रदर्शन

मंसिर २१, २०८१

विवेक पोख्रेल

Demonstration demanding to stop elephant festival in Chitwan

काठमाडौँ — चितवनको सौराहमा ११ पुसदेखि सुरु हुन लागेको ‘हात्ती तथा चितवन पर्यटन महोत्सव’ को विरोधमामा काठमाडौंमा प्रदर्शन गरिएको छ ।

पशु अधिकारको क्षेत्रमा काम गर्दै आएकाहरुले शुक्रबार नेपाल पर्यटन बोर्डको कार्यलय भृकुटीमण्डपको गेटमा प्रदर्शनी गर्दै महोत्सव बन्द गर्नु पर्ने माग गरेका हुन् । उनीहरुले महोत्सवका नाममा हात्तीलाई यातना दिएको भन्दै यसअघि पनि विरोध गर्दै आएका थिए । 

'हामीले हाम्रो मनोरञ्जनका लागि जनावारलाई पीडा दिनुहुँदैन भन्दै आयौं । तर हाम्रो कुरा सुनिएन/देखिएन,' अभियन्ता कल्याण श्रेष्ठले भने, 'त्यसैले हामी आँखामा पट्टी बाँधेर, हात्तीको मुकुन्डो लगाएर , पम्प्लेटसहित पर्यटन बोर्डको कार्यलयमा आएका छौं । बोर्ड उक्त महोत्सवको प्रवर्द्धक रहेको  छ । त्यसैले हामी बोर्डकै अगाडि आएर विरोध गरेका हौं ।’ 

Demonstration demanding to stop elephant festival in Chitwan

उनीहरुले 'हात्ती महोत्सव बन्द गर', 'हात्ती माथिको दुर्व्यवहार तुरुन्त बन्द गर', 'हात्तीहरुलाई पिट्न बन्द गर' लगायतका नारा लेखिएको पप्प्लेटसहित विरोध गरेका थिए ।

विसं २०५५ सालदेखि सुरु भएको हात्ती दौड प्रतियोगिता अहिले १८ औं संस्करणसम्म आइपुग्दा हात्ती तथा पर्यटन महोत्सवको नामले परिचित छ ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully