प्रहरी दिवसमा सहिदका परिवारलाई सम्मान

आश्विन २९, २०८१

प्रताप विष्ट

Honoring the families of martyrs on Police Day

हेटौंडा — प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा आयोजित ६९ औं प्रहरी दिवसका अवसरमा अमर सहिद परिवारलाई सम्मान गरिएको छ । 

मंगलबार हेटौंडामा आयोजित कार्यक्रममा ड्युटीमा खटिएको अवस्थामा ज्यान गुमाएका सहिदका परिवारलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । २०८० भदौ २० गते सिन्धुपाल्चोकमा आफ्नो जिम्मेवारी वहन गरिरहेको अवस्थामा ज्यान गुमाएका मकवानपुर राक्सिराङ गाउँपाालिका—५ का प्रहरी जवान शिवनकुमार चेपाङका परिवारलाई ६० हजार रुपैयाँसहित दोसल्ला ओढाएर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक कृष्णहरि शर्माले सम्मान गरेका थिए ।

कोदारी बजारबाट लिपिङतर्फ पैदल गस्ती गरिरहेको अवस्थामा स्कुटरले ठक्कर दिएर प्रहरी जवान चेपाङको मृत्यु भएको थियो । उक्त कार्यक्रममा एक दर्जनभन्दा बढी सहिदका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो  ।  

प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले कार्यक्रममा सहभागीहरुलाई स्वागत गरेका थिए ।

प्रताप

Link copied successfully