महालक्ष्मी नगरपालिकाका मेयर श्रेष्ठ कोरोनामुक्त

आश्विन १९, २०७७

कान्तिपुर संवाददाता

ललितपुर — महालक्ष्मी नगरपालिका मेयर रामेश्वर श्रेष्ठ २२ दिनपछि कोराना संक्रमणमुक्त भएका छन् । पछिल्लो पटक गरिएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि सोमबार उनी संक्रमणमुक्त भएका हुन् । उनले सामाजिक सञ्जालमार्फत् आफू कोरोनामुक्त भएको जानकारी दिएका छन् ।

उनकी श्रीमती अन्जिका श्रेष्ठ गएको शुक्रबार १९ औं दिनमा कोरोना संक्रमणमुक्त भएकी थिइन् ।

कोरोना भएपछिको जटिल स्वास्थ्यकाबीच निरन्तर उपचार, निगरानी र हेरचाह गर्ने डाक्टरहरुलाई मेयर श्रेष्ठले धन्यवाद दिएका छन् ।

उनलाई भर्दौ २९ गते कोरोना पुष्टि भएको थियो ।

कान्तिपुर

Link copied successfully