२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९
निर्भीक नारी

महिलालाई सामाजिक न्याय भएन : प्रदेश राज्यमन्त्री थापा

काठमाडौँ — कोशी प्रदेश आर्थिक मामिला तथा योजना राज्यमन्त्री इन्दिरा थापा महिलाका लागि सामाजिक न्याय नभएको बताउँछिन् । कान्तिपुरको सह-प्रकाशन नारीले आयोजना गरेको 'नारी-प्रदेश विशेष कोशी' कार्यक्रममा थापाले महिलालाई सामाजिक न्यायमा ल्याउन उनीहरूको आर्थिक अवस्था बलियो बनाउनु पर्ने बताइन् ।

महिलालाई सामाजिक न्याय भएन : प्रदेश राज्यमन्त्री थापा

उनले कोशीमा मात्रै नभएर समग्र राजनीतिमा लागेका महिलाको अवस्था हेर्दा महिलाले सामाजिक न्याय पाए नपाएको बताइन् ।'कागजमा त त्यो देखिएला तर व्यवहारमा त्यो देखिँदैन,' उनले भनिन्, 'टिकट दिँदा पनि ४/५ जनालाई दिइन्छ ।' उनले कोशी प्रदेशमै पनि १ सय ३७ नगर/गाउँपालिका रहेको र त्यसमा १/२ जना महिलालाई मात्रै मेयरको टिकट दिइएको बताइन् । 'पाँच वर्ष उपाध्यक्ष चलाइसकेका महिलाले के मेयर चलाउन सक्दैनन् ,' उनले प्रश्न गरिन्, 'त्यहाँ पनि महिलाहरुलाई सामाजिक न्याय खोइ?'

राजनीति बाहेकका अन्य क्षेत्रमा पनि महिलाहरूको अवस्था उस्तै रहेको उनले बताइन् । 'वन महासंघदेखि खानेपानीमा पनि महिला सदस्यमा सीमित हुन्छन् । उनीहरूलाई पनि अध्यक्षमा विश्वास गर्दैनन् । महिलालाई सामाजिक न्याय नभए झैं लाग्छ । महिलालाई अगाडि बढाउन, राजनीतिमै अगाडि बढाउन पनि आर्थिक पाटो सबैभन्दा ठूलो हो ।'

बञ्चित समूहमा रहेका आदीवासी, सीमान्तकृत महिलाको आर्थिक पाटो सबल बनाउन आफूले तयारी थालेको उनले बताइन् । बजेट बनाउने क्रममा सम्बन्धित जिल्लामै पुगेरै महिलाको अवस्था बुझ्दै उनीहरुलाई उद्यमशील बनाउन, राजनीतिमा अगाडि ल्याउन विभिन्न किसिमको कार्यक्रम बनाएको बताइन् ।

महिलाको अकालमा मृत्यु नहोस् भनेर केयरवुमन नेपाल अस्पताल स्थापना गरेको बताउँदै महिला स्वास्थबारे पनि थापाले आफ्नो धारणा राखिन् । 'महिला पहिला स्वस्थ हुनुपर्‍यो । उसले स्वस्थ बच्चा जन्मायो भने मात्र परिवार स्वस्थ हुन्छ । त्यसैले स्वास्थ्य, शिक्षा मेरो प्राथमिकता हो,' उनले भनिन् । अवसर र अधिकार पाए भने महिलाले गर्न सक्छन् भन्ने पनि प्रमाणित गरिसकेको तर पुरुषले नै त्यो अवसरबाट बञ्चित गराइदिएको उनको भनाइ छ ।


प्रकाशित : फाल्गुन २३, २०८० १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?