सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटलाई सम्मान

कक्षाकोठाभन्दा बाहिर पनि सामसङ नेपालले ग्र्याजुएटहरूलाई सामसङका कर्मचारी र उद्योग विशेषज्ञहरूबाट मेन्टरसिप, नवप्रवर्तन परियोजनाहरू र करियर निर्देशनमार्फत सहयोग गर्न जारी राख्ने कम्पनीले जनाएको छ ।

श्रावण १०, २०८३

कान्तिपुर संवाददाता

Samsung Innovation Campus honors coding graduates

काठमाडौँ — सामसङ नेपालले नेपालको नयाँ पुस्ताको डिजिटल प्रतिभा विकास गर्ने आफ्नो प्रतिबद्धतालाई सुदृढ पार्दै पछिल्लो सामसङ इनोभेसन क्याम्पस कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न गरेको छ ।

नयाँ आर्टिफिसियल इन्टेलिजेन्स कोर्सका लागि आवेदन खुला गरेको घोषणा गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कोडिङ र प्रोग्रामिङ कोर्सले विद्यार्थीलाई प्राविधिक सीप, व्यावहारिक परियोजना अनुभव र उद्योग एक्सपोजर प्रदान गरेको थियो।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने विद्यार्थीहरूलाई एक विशेष समारोहमा सम्मान गरिएको थियो।

‘गत डिसेम्बरमा नेपाल आएको केही समयपछि सामसङ इनोभेसन क्याम्पसमा उपस्थित हुँदा मैले नेपालको युवा प्रतिभामा अपार सम्भावना देखेँ। आज त्यो सम्भावनालाई वास्तविक उपलब्धिमा परिणत भएको देख्दा म गर्व गर्छु,’  सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले भने, ‘आर्टिफिसियल इन्टेलिजेन्सले हरेक उद्योगलाई पुनः आकार दिँदै गर्दा डिजिटल प्रतिभाको विकास गर्नु पहिलेभन्दा बढी महत्त्वपूर्ण छ।’ 

कक्षाकोठाभन्दा बाहिर पनि सामसङ नेपालले ग्र्याजुएटहरूलाई सामसङका कर्मचारी र उद्योग विशेषज्ञहरूबाट मेन्टरसिप, नवप्रवर्तन परियोजनाहरू र करियर निर्देशनमार्फत सहयोग गर्न जारी राख्ने कम्पनीले जनाएको छ ।  


नेपालको एआई इकोसिस्टम निर्माण गर्न, करियरका अवसरहरू विस्तार गर्न र देशको डिजिटल रूपान्तरणलाई गति दिन शिक्षाविद्, उद्योग र सरकारबीचको बलियो सहकार्य आवश्यक हुने सामसङको विश्वास छ ।  

कान्तिपुर

Link copied successfully