सिद्धार्थका ग्राहकलाई वरपीपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट

नारी डेबिट कार्ड र प्लेटिनम क्रेडिट कार्ड प्रयोग गरीे भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

श्रावण ९, २०८३

कान्तिपुर संवाददाता

Up to 15 percent discount at Varpeepal Resort for Siddhartha customers

काठमाडौँ — सिद्धार्थ बैंक र बर पीपल रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरिएको छ ।

सम्झौताअनुसार लेकसाईड पोखरास्थित वरपीपल रिसोर्टमा ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् ।

नारी डेबिट कार्ड र प्लेटिनम क्रेडिट कार्ड प्रयोग गरीे भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

कान्तिपुर

Link copied successfully