नयाँ इलेक्ट्रिक एसयूभी दिपल निभो क्यू०५ ल्याइँदै

सहरी सडकमा सजिलै चलाउन सकिने आकारमा डिजाइन गरिएको क्यु०५ मा लामो २७३५ एमएमको ह्विलबेस दिइएको छ । यसले यात्रुका लागि उदार स्पेस र व्यवहारिक लगेज क्षमता सिर्जना गर्छ ।

श्रावण ९, २०८३

कान्तिपुर संवाददाता

New electric SUV Dipal Nibho Q05 to be launched

काठमाडौँ — ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी दिपल निभो क्यू०५ सार्वजनिक गरिने भएको छ ।

आकर्षक उपस्थिति, कम्फर्ट, व्यावहारिकता र इन्टेलिजेन्ट प्रविधिको सन्तुलित संयोजनसहितको क्यु०५ ले नेपालको बढ्दो प्रतिस्पर्धी इलेक्ट्रिक एसयूभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

‘पहिलो नजरमै क्यु०५ले आत्मविश्वासीय र आधुनिक एसयुभी डिजाइन प्रस्तुत गर्छ ।

यसको सुन्दर अनुपात, विशिष्ट लाइटिंग सिग्नेचर र प्रभावशाली रोज प्रेजेन्स अन्तर्राष्टिय रुपमा प्रसिघ अटोमोटिभ डिजाइन क्लाउस जाइसिओराको डिजाइन नेतृत्वमा सिर्जना गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यसको डिजाइनले अन्तर्राष्ट्रिय मान्यतासमेत प्राप्त गरिसकेको छ । र अटोमोटिभ डिजाइन विधामा प्रतिष्ठित २०२६ गोल्ड ए डिजाइन अवार्ड जितेको छ ।’ 

सहरी सडकमा सजिलै चलाउन सकिने आकारमा डिजाइन गरिएको क्यु०५ मा लामो २७३५ एमएमको ह्विलबेस दिइएको छ । यसले यात्रुका लागि उदार स्पेस र व्यवहारिक लगेज क्षमता सिर्जना गर्छ ।

भिडभाडयुक्त सहरी सडकमा अनावश्यक रुपमा ठूलो गाडी चलाउनुपर्ने असुविधाविना यसले परिवारले खोज्ने फराकिलो ठाउा उपलब्ध गराउने वाचा गर्ने कम्पनीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully