टीभीएस अर्बिटरको मूल्य २ लाख ८१ हजार ९ सय
काठमाडौँ — टीभीएस भेन्यु समूहअन्तर्गतको तथा दुई र तीनपांग्रे सवारी विक्रेता टीभीएस मोटर कम्पनीले इलेक्ट्रिक स्कुटर अर्बिटर सार्वजनिक गरेको छ ।
यससँगै कम्पनीले अन्तर्राष्ट्रिय बजारमा विद्युतीय मोबिलिटी अपनाउने प्रक्रियालाई तीव्र बनाउने आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
१५८ किलोमिटर आईडीसी रेन्ज, क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, उन्नत एरोडाइनामिक दक्षतासहित आधुनिक, आकर्षक र उद्देश्यपूर्ण डिजाइन, स्ट्रेट–लाइन फुटबोर्ड र लामो फ्ल्याटफर्म सिटले उत्कृष्ट आराम र उपयोगितालगायत सुविधा यसमा रहेको कम्पनीले जनाएको छ ।
टीभीएस अर्बिटर ३ रङमा उपलब्ध हुने जनाइएको छ । यसको मूल्य २ लाख ८१ हजार ९ सय रहेको कम्पनीको भनाइ छ ।
