क्यापिटलका शाखा कार्यालयमार्फत डिम्याट खाता खोल्ने ग्राहकहरूलाई निःशुल्क डिम्याट खाता खोल्ने सुविधा उपलब्ध गराउनुका साथै पहिलो वर्षको डिम्याट खाता नवीकरण शुल्कमा पूर्ण छुट
काठमाडौँ — एनआईसी एसिया क्यापिटलले निःशुल्क डिम्याट तथा मेरो सेयर खाता सेवालगायतका योजना सञ्चालनमा ल्याएको छ ।
क्यापिटलले ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानअन्तर्गत यी योजना ल्याइएको हो ।
क्यापिटलले निक्षेप सदस्यअन्तर्गतका सम्पूर्ण सेवा डिजिटाइज रूपमा उपलब्ध गराउँदै आएको बताएको छ ।
यसअन्तर्गत एनआईसी एसिया बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयबाट समेत डिम्याट तथा मेरो सेयर खाता खोल्ने, नवीकरण गर्नेलगायत निक्षेप सदस्यअन्तर्गतका अधिकांश सेवा उपलब्ध गराइरहेको क्यापिटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
क्यापिटलका शाखा कार्यालयमार्फत डिम्याट खाता खोल्ने ग्राहकहरूलाई निःशुल्क डिम्याट खाता खोल्ने सुविधा उपलब्ध गराउनुका साथै पहिलो वर्षको डिम्याट खाता नवीकरण शुल्कमा पूर्ण छुट गरिएको विज्ञप्तिमा जनाइएको छ ।
क्यापिटलले आई सी एसिया विद्यार्थी डिम्याट सेवा योजना पनि ल्याएको छ । यसअन्तर्गत खोलिएका निःशुल्क डिम्याट खातामा पहिलो वर्षको डिम्याट खाता नवीकरण शुल्कमा छुट दिइएको छ ।
